पोखरा, २७ साउन । : NewsSource :gandakivoice.com
पोखरा महानगरपालिका वडा नं. १९ ले कोरोना भाइरसको संक्रमण फैलिंदै गएकाले कोही पनि घरबाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ । वडाध्यक्ष शोभामोहन पौडेलले एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् ।
उनले आज बुधबार बिहान ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कोही पनि घर बाहिर ननिस्कन र अत्यावश्यक बाहेकका व्यापार व्यवसाय पनि सञ्चालन नगर्न आग्रह गरे ।
पोखरा-१९ स्थित भक्तिपथ बस्ने एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको सम्पर्कमा रहेका ६७ जनामा पिसिआर टेष्ट गर्दा गत साउन २३ गते ६ जनामा कोरोना पुष्टि भएको थियो ।
निज ६ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा ८३ जनाको दास्रो पटक पिसिआर टेष्ट गर्दा पुनः ४ जनामा कोरोना संक्रमण देखिएको छ ।