नव आदर्श सामुदायिक विकास समाजले आफ्नो १२ औं अधिवेशन यहि माघ १९ गतेका लागि तोकेको छ ।समाजको आफ्नै सचिवालयमा विहिवार अध्यक्ष वम वहादुर गुरुंगको अध्यक्षतामा वसेको कार्य समितीको वैठकले अधिवेशनको मिती तोकेको हो ।

कास्की जिल्लामै सामाजिक सेवामा कृयाशिल संस्थाहरु मध्ये पोखरा महानगर पालिका वडा नं १९मा रहेको नव आदर्श सामुदायिक विकास समाज अग्रणी संस्था हो ।
२०५४ साल भाद्र ८ गते स्थानिय व्यक्तीहरुले नवआदर्श क्लवको रुपमा स्थापना गरेको यो संस्था २०६८ सालमा विधीवत नव आदर्श सामुदायिक समाजमा रुपान्तरित हृंदै सामाजिक सस्थाको रुपमा स्थापित हुन पुग्यो ।

संस्थामा आजिवन ,संस्थागत,मानार्थ साधारण गरि ३ सय ५५ सदस्य रहेका छन भने ३ वटा सुविधा सम्पन्न भवन रहेका छन ।सामाजिक क्षेत्रका हरेक गतिविधीहरु संगै नव आदर्श सामुदायिक विकास समाजले स्वस्थ ,खेलकुद ,सामाजिक जागरण ,सुरक्षा ,वौद्धिक विकास,लगाएतका क्षेत्रमा धेरै काम हरु गरेको छ ।

संस्था संग हाल ३ वटा एम्वुलेन्स र एउटा शववाहन भ्यान रहेका छन ।भारतिय दुतावास,नेपाल चेम्वर अफ कमर्स ,नर्वेली सहयोग तथा चोधरी फाउण्डेशन वाट ३ वटा एम्वुलेन्स र एउटा शववाहन संस्थालाइ प्राप्त भएका हुन संस्थाले जनतालाइ सर्व सुलभ एम्वुलेन्स तथा शववाहन सेवा उपलव्ध गराएर आवस्यक सहयोग गरेको छ ।

यसै गरि नव आदर्श सामुदायिक विकास समाजको पहलमा लामाचौरको गोस्तेमा फुटवल खेल मैदानको निर्माण कार्य भइरहेको छ ।कास्की जिल्लामा वैकल्पिक फुटवल मैदान नभएको अवस्थामा नेपाल सरकार ,राष्ट्रिय खेलकुद परिषद ,सांसद विकास कोष तथा अन्य विभीन्न संघ संस्थाको सहयोगमा करिव १ करोड ५० लाखको लागतमा गोस्तेघाट खेल मैदानको निर्माण कार्य जारि छ ।

नव आदर्श क्लवको विषेश पहलमा लामाचौर क्षेत्रको शान्ति शुरक्षा प्रति सजग रहंदै सिआरभी भवन निर्माण भएको छ र उक्त भवनमा सिआरभी प्रहरी रहेका छन ।
लामचौर क्षेत्रको वौद्धिक विकासका लागि आफ्नै सुविधा सम्पन्न भवनमा सार्वजनिक पुस्तकालय सञ्चालन गरेकोमा कौशिल्या फाउण्डेशनको सहयोगमा क्लव परिसरमा भवन निर्माण गरि कौशिल्या ज्ञान विज्ञान पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरेको छ ।

समाजको १२ औं अधिवेशनको दिन पारेर जेष्ठ नागरिका लागि दिवा सेवा केन्द्र र पुस्तकालय उद्घाटन हुने अध्यक्ष वम वहादुर गुरुंगले जानकारी दिए ।यो संस्थालाइ यहां सम्म पुर्याउन लामाचौर वासि यहांका अग्रज तथा क्लवका पुर्व अध्यक्ष सल्लाहकार मानार्थ सदस्यहरुको अथक प्रयास रहेको छ ।

नव आदर्श सामुदायिक विकासको एघारौं अधिवेशन वाट निर्वाचित कार्य समिती र अध्यक्ष वम वहादुर गुरुंगको पहलमा संस्थाको व्यवस्थीत कार्यालय लगाएत संस्थालाइ अर्थिक रुपले सवल पार्न जुन प्रयास भयो त्या नव आदर्श क्लवका लागि स्वणर््िाम कार्यकाल भएको छ ।

नव आदर्श क्लवको पहिचान भनेको हरेक वर्ष गरिने तिज महोत्सव तथा राष्ट्रिय महिला भलिवल हो संस्थाको २२ औ वार्षिकोत्सव ,तिज महोत्सव तथा राष्ट्रिय महिला भलिवल प्रतियागिता पनि सफल रुपमा सम्पन्न भएको छ ।

नेपालमै सवैभन्दा ठुलो तिज महोत्सवको आयोजना गर्ने नवआदर्श सामुदायिक विकास समाजले मात्र नेपाली संस्कृतिक परम्पराको जगेर्ना मात्र होइन सम्पुर्ण पोखरेली चेलीको माइती पनि वन्ने प्रयास गरेको छ यो संस्था ।

NACoDS is a non profit organization to serve the community.

Explore

Contact

Support

With enthusiastic Members  and volunteers, we are ready to support you no matter any time.