लामाचौर, पोखरा–१९ ।
नव आदर्श सामुदायिक विकास समाजद्धारा बार्षिक रुपमा नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा आयोजना हुदै आएको लामाचौर तीज महोत्सव–२०७७ यस वर्ष विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगन हुने भएको छ । यस संस्थाले विगत २३ वर्ष देखि भाद्र शुक्लपक्षका दिन आफ्नो वार्षिक उत्सवको अवसर पारि श्री इन्द्र राज्यलक्ष्मी मा.विको प्राङ्गणमा ५ दिन सम्म उक्त महोत्सव संचालन गर्दै आएको थियो । यस वर्ष कोरोना भाइरसका कारण नेपाल सरकारद्धारा जारी गरिएको निर्देशिकाको पालन गर्न र यसको प्रत्यक्ष असर सहयोगी दाताहरुलाई समेत परेको हुनाले यस वर्ष महोत्सव स्थगन गरिएको कुरा समाजका सचिव श्री दिनेश भण्डारीले बताउनु भयो । २४ औं वर्ष सम्म आइ पुग्दा महोत्सवमा विभिन्न तवर,तरिकाले सहयोग गर्ने संघ–संस्था, उद्योगी÷व्यापारी, सामाजिक प्रतिष्ठान, क्लब, आमा समूह, स्वयंम सेवक, संस्थाका सम्पूर्ण सदस्य तथा सहयोगी मनहरु प्रति धन्यवाद दिदैँ आगामी वर्षदेखि पुनः महोत्सवले निरन्तरता पाउने संस्थाका अध्यक्ष श्री कमल बहादुर थापाले बताउनु भयो, खेलकुद व्यवस्थापन उपसमितीका संयोजक एवम् संस्थाका पूर्व अध्यक्ष सुशील कुमार श्रेष्ठ यस वर्ष राष्ट्रिय महिला भलिबल तथा अन्तर मा.वि छात्रा भलिबल प्रतियोगिता स्थगन गनु परेकोमा दुःख प्रकट गर्नुभयो । यसबाट खेलाडी प्रतिभा प्रष्फुटन, खेल कौशलता देखाउने मौकाबाट बञ्चित र नव प्रतिभालाई स्थान दिन नसकेको क्षमा याचना गर्नु भयो । समाजले उक्त महोत्सवमा अन्तर मा.वि नृत्य प्रतियोगिता, तीज गीत तथा नृत्य प्रतियोगिता तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको थियो । उक्त महोत्सव विगत २ दशकदेखि लामाचौर क्षेत्रको गौरव र पहिचान बनेको थियो भने यस क्षेत्र आसपासका पर्यटकीय स्थलको चिनारिमा थप टेवा समेत पु¥याएको थियो ।
नव आदर्श सामुदायिक विकास समाज सामाजिक क्षेत्रमा अग्रणी एक गैह्र नाफा मुलक सामाजिक संस्था हो । २०५४ सालमा स्थापित यस संस्थाले ४ वटा एम्बुलेशन तथा शववाहानबाट २४ घण्टा सेवा प्रदान गरिरहेको छ । बुद्धाहरुको लागि दिवा सेवा कक्ष समेत सञ्चालन गरेको यस संस्थाकै मातहतमा खेलकुद क्षेत्रमा थप टेवा पु¥याउनको लागि पोखरा महानगरपालिका वडा नंं.१९ स्थित गोस्तेघाटमा खेलमैदान निर्माणधिन अवस्थामा रहेको छ भने आफ्नो भवनमा कौशिला ज्ञान विज्ञान पुस्तकालय समेत निर्माण अन्तिम चरणमा पुगेको छ ।

NACoDS is a non profit organization to serve the community.

Explore

Contact

Support

With enthusiastic Members  and volunteers, we are ready to support you no matter any time.