Literary “teej” means “third”. Therefore Teej falls on the third day after the moonless night,and the third day after the full moon night of every month. However, the third day after the new moon or Amavasya of Shraavana month is the most important Teej. As Shraavana month falls during monsoon or rainy season when the surroundings become green, the Shraavana Teej is also called Hariyali Teej (Green Teej).NACoDS celebrate a grand teej festial by organising HARITALIKA TEEJ MAHOTSAB every year.
ऐतिहासिक पृष्ठभूमि बोकेको लामाचौर क्षेत्र, त्यसमा पनि पबित्र सेतीगण्डकीको किनारमा रहेको यस स्थानमा परापूर्वकालमै
नारीहरूको महान् पर्व हरितालिका तीजमा महिलाहरू गंगामा स्नान गरी वर्ष भरिका सुख– दुःख एक आपसमा साटासाट गर्दै रमाइलो
गर्ने स्थान हो– लामाचौर । महिलाहरुको सोही परम्परालाई निरन्तरता र जीवन्त दिनको लागी यस नव आदर्श सामुदायिक बिकास
समाज ९ल्ब्ऋयम्क्० लामाचौर पोखराले सुव्यवस्थित र परिचालित गर्ने काम स्थापना कालदेखिनै गर्दै आएको छ । परम्परालाई निरन्तरता
र जीवन्तता दिँदै यस सस्थाले एक्काईसौं वर्ष व्यतित गरिसकेको छ । लोकसस्कृतिको जर्गेना,खेलकुद तथा अन्य विविध बिधाहरुमा
प्रतियोगिता संचालन गरि कास्की जिल्लामा अग्रणी सस्थाको रुपमा पहिचान कायम गरी एउटा सबल सामाजिक गैरसरकारी संस्थाको
रूपमा पहिचान कायम गरेको छ ।
महिलाहरुको महान पर्व हरितालिकाको अवसरमा संचालित अन्तर मा.वि.छात्रा भलिवल कास्की जिल्लाकै एकमात्र प्रतियोगिता
हो । जसले वाषर््िाक नियमित रुपमा प्रतियोगिता आयोजना गरी लुकेर रहेको प्रतिभावान खेलाडीहरुको खेल कौशलतालाई प्रस्फुटन
गराएको छ । हाम्रा आयोजनाबाट खेल प्रारम्भ गरेका पोखरेली खेलाडीहरु आफ्नो मेहनत र हामीले प्रदान गरेको अवसरकै कारण आज
राष्ट्रिय खेलाडी भैसकेका छन यो हाम्रोलागि गौरवको विषय हो । सोही महोत्सवमा राष्ट्रिय महिला भलिवल प्रतिगोगिता थप आकर्षणको
पाटो बन्नपुग्यो । सो प्रतियोगितामा अनुभवी एवं चर्चित खेलाडीको सहभागिताले अवलोकनमा थप मनोरञ्जन प्रस्तुत गरेको छ ।
जसलाई अवलोकनमा पोखरेली र पोखरा आसपासका हजारौ हजार दर्शकहरुलाई भित्र्याई कार्यक्रम सम्पन्न गर्ने अवसर हामीले पाएका
छौ । यस अर्थमा पनि विभिन्न ब्यापार ब्यवसाय उद्योग संघ÷सस्थाको वस्तु प्रवद्र्धनमा उत्तम स्थलको रुपमा यस स्थान उपयोगी रहेको
छ । हामीले संचालन गर्दै आई रहेको तीज मेलालाई थप आकर्षक र वृहत बनाउदै महोत्सवमा रुपान्तरण गरेका छौ ।
हाम्रो प्रयासलाई सार्थक बनाउन हामिलाई मार्गदर्शन तथा सहयोग गर्नु भई यस स्थानसम्म पुग्न पे्ररणा प्रदान गर्नुहुने सम्पूर्ण व्यक्ति,
संघ–संस्था, व्यापारी, उद्योग व्यवसायीहरूमा धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछाँै । यहाँहरुकै सहयोगबाट संकलित रकमलाई सहि
सदुपयोग गर्दै संस्थाले वार्षिक रुपमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।साथै प्रायोजकको सहयोग अनुसार थप आकर्षणका
लागि कार्यक्रमलाई बृहत् र बिस्तार गर्ने हामीले जमर्को गरेका छौ । संस्थाले वार्षिक तीज महोत्सव मात्र संचालन नभई थुप्रै सामाजिक
विकास, चेतना मुलक कार्यक्रमतथा मानविय सेवाको लागि आकस्मिक सेवा एम्बुलेन्स र शववाहन सेवा समेत संचालन गरेका छौ ।
महोत्सवका उद्देश्य
१ राष्ट्रको खेलकुद विकास र विस्तारमा सहयोग गरी भातृत्व एवम् भाइचाराको सम्बन्धलाई स्वर्णिम बनाउने,
२ नव प्रतिभावान खेलाडीलाई प्रतिभा प्रस्फुटन गराउनु तथा नेपालमा उत्कृष्ट खेलाडिको खेल प्रदर्शन गराउनु ।
३ अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि प्रोत्साहित गर्ने ।
४ मौलिक कला र लोक संस्कृतिको जगेर्ना गर्दै लामाचौर क्षेत्रले समाजमा गरेको उल्लेखनीय कार्यको परिचय स्थापित गर्ने ।
५ महिलाहरुको गायन एवम् प्रस्तुतिकलाको विकासमा सहयोग गर्ने साथै महिला सशक्तिकरणका लागि भूमिका निर्वाह गर्नु ।
६ विभिन्न सरकारी तथा गैरसरकारी संघ÷सस्था, वित्तिय संस्था, उद्योग, ब्यापार, व्यवसायीद्धारा उत्पादीत बस्तु प्रर्वदनमा
प्रोत्साहित गर्ने ।
७ आम दर्शकहरुमाझ सास्कृतिक, खेलकुद लगायत विभिन्न रमाईला क्रार्यक्रमहरुद्धारा ज्ञान मनोरञ्जनात्मक वस्तु प्रदान गर्ने ।
८ आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा विकास गर्ने ।
९ समाजमा सामुदायिक सद्भाव एकता र सहकार्यको अनुभूति महसुस गराउने ।
१० महोत्सवको आर्थिक बचतबाट संस्थाको बार्षिक सामाजिक कार्यक्रम र सचिवालय कार्य संचालन गर्ने ।
११ संस्थाको दिर्घकालीन कार्यक्रम महोत्सव लगायत विभिन्न कोषहरु स्थापना गरी संचालन एवम् निरन्तरता दिने ।
१२ ल्ब्ऋयम्क् लामाचौर एकेडेमी स्थापना गरी उमेर समूहका फुटबल खेलाडी उत्पादन गर्ने ।